अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटाेमोटिभ्सबीच सम्झौता

इन्भेष्टोपेपर । चैत्र १०, २०७७

अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगदरहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि. संग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा. लि . र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *