अप्पर तामाकोशी हाइड्रो-पावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत; आईतवारबाट कारोबारमा आउने

नेपालको बहुतै चर्चित  जलबिद्युत योजनाको रुपमा रहेको अप्पर तामाकोशी हाइड्रो पावर कम्पनीको शेयर  नेपाल स्टकले बिहीवार सूचीकृत गरेको छ। यो सँगै नेपाल टेलीकमको १५ करोड कित्ता शेयर पछीको सबैभन्दा बढी शेयर सूचीकृत हुने कम्पनी तामाकोशी हाइड्रो  भएको छ। कम्पनीको १०.५९ करोड कित्ता शेयर दोस्रो बजारमा सुचिक्रित भएको छ।

४५६ मेगावाट क्षमता रहेको कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई १.०५  करोड कित्ता र र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई १.५८ करोड कित्ता  साधारण शेयर बिक्री गरेको थियो ।

यसै गरी कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ ।

कम्पनीको शेयर रजिस्ट्रार भने सनराइज क्यापिटल रहेको छ। यदी तपाईंले शेयर डिम्याट गर्नु भएको छैन भने शेयर रजिस्ट्रार सनराइज क्यापिटल, कमलादी गएर गर्नु पर्ने छ।

कम्पनीको शेयर कारोबार भने आईतवार बाट सुरु हुने छ।  पछिल्लो समय दोस्रो बजारमा हाइड्रो कम्पनीका शेयरहरु प्रशस्त अाइरहेको हुँदा तामाकोशीको शेयर मुल्य कती पुग्ला भन्ने चासो पनी धेरै लगानीकर्तामा रहेको पाइन्छ।

यसै गरी दोलखा बासिले भने शेयर बिक्रीको लागि लकिङ पीरीयडको अन्त्यसम्म कुर्नु पर्ने छ।

*शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारीका लागि यस् फेसबुक पेजमा गएर लाइक गर्नु होला  click here

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *