अब शेयर कारोबारको लागी ब्रोकरकोमा धाउन नपर्ने। आईतबारबाट अनलाईन नै रकम भुक्तानी हुने।

शेयर बजारमा धेरै सुधार र सहजीकरण आइरहेको बेला लगानीकर्ताको लागी फेरि अर्को राम्रो खबर बाहिरिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको अनुसार शेयर कारोबार प्रणालीमा बैंक इन्ट्रिगेसन गरिसकेको हुँदा आजबाट अनलाईननै रकम भुक्तानी गर्न सकिने छ।

यस्तै नेपाल क्लियरिङ हाउस र ब्रोकरबीच सेटलमेन्ट लिङ्क जोडिसकेको हुँदा यो सम्भव भएको हो। हाल कनेक्ट आईपिएसमा आबद्ध भईसकेका ४८ बैंक तथा वित्तीय संस्थामा खाता रहेका लगानीकर्ताले अनलाईनबाट कारोबार गर्न सक्नेछन् भने सो प्रणालीमा ७ संस्था आबद्ध हुने प्रक्रियामा रहेका छन्।

तर शेयर बेचेको रकम भने तपाईको खातामा पाउन अझै केही समय कुर्नु पर्नेछ। दोस्रो चरणमा भने यसलाई पनि सम्भव बनाइने छ र यसपछि नेपाली शेयर लगानीकर्ताले जहाँबाट पनि शेयर खरिद बिक्री गरेर कारोबार सम्पन्न गर्न सक्नेछन्।

शेयर बजारमा हुँदै आएको सुधार र सहजीकरणमा यसले अझै एउटा नयाँ ऊर्जा थप्ने आशा गर्न सकिन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *