आज सुनकाे भाउ फेरि बढ्यो, चाँदीकाे भाउ स्थिर

इन्भेष्टोपेपर । बैशाख ५, २०७

साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा आइतवार सुनको मूल्य रू. २०० ले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रूपैयाँ कायम भएकाे छ । ३ गते शुक्रवार भने नेपाली बजारमा छापावाला सुन प्रतितोला  ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँमा काराेवार भएकाे छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो । 

यसैगरी, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेकको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *