आज स्थानिय बजारमा सुनकाे भाउ घट्याे, घटनेक्रम जारी

इन्भेष्टोपेपर । श्रावण ०७, २०७

स्थानीय बजारमा तलमाथि भैरहेकाे सुनचाँदीकाे भाउमा आज पनि गिरावट देखिएकाे छ । हिजाे बुधबार ७ सय रूपैयाँले बढेकाे सुनकाे भाउ आज विहिबार ५ सय रूपैयाँले नै घटेकाे छ । चाँदीमा भाउ पनि प्रतिताेला १० रूपैयाँले घटेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज भाद्र ७ गते बिहिवार छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । हिजाे भाद्र ६ गते भने नेपाली बजारमा छापावाला सुन प्रतितोला  ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा काराेवार भएकाे छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ६ सय ५० रूपैँयामा कारोबार भएको थियो । तेजाबी सुनकाे मूल्यमा पनि ५ सय रूपैयाँले घटेकाे हाे ।

यसैगरी, चाँदीकाे मूल्यमा पनि घटेकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७५ रूपैयाँ थियाे भने आज प्रति ताेला १० रूपैंयाँले घटेरर १ हजार १ सय ६५ रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । अहिले ओरालाे यात्रामा रहेकाे सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *