आज स्थानीय बजारमा सुनचाँदीकाे भाउ घट्याे, घटनेक्रम जारी

इन्भेष्टोपेपर । जेष्ठ ३१, २०७

नेपालि बजारमा बढेर रेकर्ड बनाइरहेकाे सुनचाँदीकाे भाउमा आज पनि गिरावट देखिएकाे छ । आइतबार ६ सय रूपैयाँले घटेकाे सुनकाे भाउ अाज साेमबार ७ सय रूपैयाँले ओरालो लागेको छ । चाँदीमा भने हिजाेकाे तुलनामा ५ रूपैयाँले गिरावट आएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज जेषठ ३१ गते साेमबार छापावाला सुन प्रतितोला ९३ हजार २ सय रूपैयाँ कायम भएकाे छ । हिजाे आइतबार नेपाली बजारमा छापावाला सुन प्रतितोला  ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो । 

यस्तै स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे छ । तेजाबी सुनकाे मूल्यमा पनि ७ सय रूपैयाँले घटेकाे हाे ।

यसैगरी, चाँदीकाे मूल्यमा पनि गिरावट भएकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रूपैयाँ थियाे भने आज प्रति ताेला ५ रूपैंयाँले घटेर १ हजार ३ सय ६५ रूपैयाँमा खरिदबिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे मूल्यमा फेरबदल आएकाले नेपालमा पनि भाउ घटबढ भएकाे छ । अहिले ओरालाे यात्रामा रहेकाे सुनचाँदीकाे मूल्य भाेलीका दिनहरूमा के हुन्छ भनेर किटानीकासाथ भन्न नसकिने व्यवसायीहरू बताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *