एउटा बैंकको लिलामी शेयर भर्ने आज अन्तिम दिन

आज सिभिल बैंकको लिलामी शेयर भर्ने अन्तिम दिन रहेको छ। सिभिलको १७ लाख ५३ हजार भन्दा बढि कित्ता प्रमोटर शेयर बैशाख २६ गते देखि लिलामीमा आएकोमा आज जेष्ठ ९ गते बन्द हुँदै छ।

तसर्थ इच्छुक लगानीकर्ताले आजको बैंकिङ समय अगावै नै आवेदन दिनु पर्नेछ। प्रति कित्ता न्युनतम १०० रुपैया देखि आवेदन दिन मिल्ने छ। आवेदन फारम भने सिभिल क्यापिटल मार्केट, सुन्धारामा उपलब्ध छ। आवेदनकर्ताले न्यूनतम २ लाख कित्ताको लागी माग गर्नुपर्नेछ भने बढिको कुनै पनि हद तोकिएको छैन।

सिभिल बैंकले आफ्नो बुकक्लोग गरिसकेको हुँदा प्रमोटर शेयरको लागि दरखास्त दिएकाहरुले अघिल्लो दुई बर्षको लाभांश पाउने छैनन्।

कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार अघिल्लो बर्षको यसै अवधिको तुलनामा खुद नाफामा ४७ प्रतिशतको बृद्धि देखिएको छ। कम्पनीले तेस्रो त्रैमास सम्म ४९.३८ करोड कमाएको छ। यसको मुख्य कारण भने खुद ब्याज आम्दानीमा ७० प्रतिशतले बृद्धि हुनु रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ८.४० र प्रतिशेयर नेटवर्थ १२५.०१ रहेको छ।

Click here for Auction Notice:

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *