कविताः हामी त हिड्यौँ समृद्ध देश बनाउन – सांसद कमल श्रेष्ठ

५ नं. प्रदेशकाे लागी गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने एक विकास प्रेमी प्रदेश सभाका सांसद श्री कमल श्रेष्ठकाे देश र जनताकाे विकास र समृद्धी प्राप्तिकाे लागी समर्पित भावनाकाे कदर गर्दै वहांकाे कविता प्रकाशित गरिएकाे छ ।
हामी त हिड्यौँ समृद्ध देश बनाउन
कसैले बसेर गफ चुट्दै
गर
कसैले लाटा सोझाको बुद्धि भुट्दै गर
कसैले जनतालाई लुट्दै गर
हामी त हिँड्यौँ सुखी जनता बनाउन
जतिसुकै ठूलो डाकोले
भुक्दै गर
देश संकटमा पर्दा लुक्दै गर
ऐन मौकामा चुक्दै गर
हामी त हिड्यौँ खुसी जनता बनाउन
चाहे जतिसुकै हल्ला
गर
चाहे जतिसुकै गिल्ला गर
चाहे जतिसुकै सल्ला गर
हामीत हिड्यौँ समृद्धिको बाटोमा
चाहे जतिसुकै बिरोध
गर
चाहे जतिसुकै प्रतिरोध गर
चाहे जतिसुकै अबरोध गर
हामीले त हिड्यौँ सुन्दर देश बनाउन
चाहे कागजका जहाज र
रेल बनाउ
चाहे हाम्रो महा अभियानलाई
खिसीट्युरी र हाँसखेल बनाउ
हामी त हिड्यौँ देश निर्माण गर्न
सबै प्रश्नको जवाफ
सबै बिरोधको जवाफ
सबै खिसीट्युरीको जवाफ
समृद्ध नेपाल
सुखी जनताले
दिनेछ।
हामी त हिड्यौँ देश बिकास गर्न ।
****************************
- कमल श्रेष्ठ (सांसद, ५ नं. प्रदेश, गुल्मी)