कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय – डब्ल्यूएचओ

इन्भेष्टोपेपर । बैशाख २९, २०७

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण गरेको छ।

प्रारम्भिक अध्ययनहरूले बी.१.६१७ भेरिअन्ट अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै डब्ल्यूएचओले यस विषयमा थप अध्ययन आवश्यक परेको बताएको छ। डब्ल्यूएचओको अनुसार सो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको छ।

यूके, दक्षिण अफ्रिका र ब्रजिलका भेरिअन्टहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गर्छ।

भारतमा खतरनाक दोस्रो लहर फैलिनुको कारण यो प्रकार हो कि होइन भनेर अध्ययन भइरहेको छ। भारतीय सरकारले नयाँ भेरिअन्ट र भारतको दोस्रो लहरबीच सम्बन्ध भएको बताए पनि सो सम्बन्ध स्पष्ट स्थापित गर्न सकिएको छैन।

डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए पनि उसले अहिलेसम्म खोप प्रभावकारी नै हुने बताइरहेको छ। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *