तिजको मौलिक भाव ‘सिक्का नोटैमा’ (भिडियाेसहित)
इन्भेष्टाेपेपर । साउन २८, २०८३
काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको शब्द तथा रचनामा तयार भएको गीत ‘सिक्का नोटैमा’ ले तिजको मौलिक भावसँगै चेली–माइतीबिचको आत्मीय सम्बन्धलाई उजागर गरेको छ ।
आइजिपी कार्कीको व्यक्तित्वको अर्को पाटो साहित्य र सङ्गीतप्रतिको रुचि गीतमा जोडिएको छ । प्रहरी सेवाको व्यस्त जिम्मेवारीबिच सिर्जनाप्रति देखाउँदै आउनुभएको उहाँको रुचिको एउटा अभिव्यक्तिका रूपमा गीतलाई लिन सकिन्छ ।
जन्मघरबाट टाढिएपछि पनि चेलीको मन माइतीमै रहने, तिज आउँदा आफ्ना मानिसको सम्झनाले मन भरिने र भौगोलिक दुरीले आत्मीयता घटाउन नसक्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।
गीतले यही परम्परागत भावलाई आधुनिक डिजिटल माध्यममार्फत नयाँ पुस्तासम्म पु¥याएको छ । चेली विवाहपछि जहाँ पुगे पनि माइतीघरको सम्झना मनको कुनै कुनामा सधैँ जीवित रहन्छ भन्ने कुरा गीतले दर्साउँछ ।
यस गीतकाे संगीतकार समिर खरेल हुनुहुन्छ भने स्वर मेलिना राइ तथा म्यूजिसियन समिर खरेलकाे रहेकाे छ । म्यूजिक भिडियाेमा अञ्जना बराइली र प्रदिप लामाकाे अभिनय देख्न सकिन्छ ।
