नेकपामा कार्य विभाजनः केपी ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष
Investopaper, मंसिर ०४, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुईजना अध्यक्षहरूको नयाँ कार्य विभाजन गरेको जनाएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
नयाँ निर्णय अनुसार अब केपी ओली बाँकि अवधि वा पाँचै वर्ष प्रधानमन्त्री हुनुहनेछ भने प्रचण्डले पार्टीकाे अध्यक्षकाे हैसियतले पार्टीकाे सम्पूर्ण काम हेर्नु हुनेछ । पार्टी एकीकरणका बेला दुईजना नेताहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको भन्दै अव प्रचण्डकाे पालाे भन्ने खालका अभिव्यक्ति आउने गरेका थिए।
पार्टीकाे बैठक दुवै अध्यक्षकाे सयुक्त अध्यक्षतामा संचालन भएपनि आमरूपमा प्रचण्डले संचालन तथा अध्यक्षता गर्ने सहमति भएकाे पार्टी श्राेतले बताएकाे छ ।
कार्यविभाजनका सम्बन्धमा नेकपाले गरेका निर्णयहरू:
- अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरीयताक्रम यथावत रहने।
- अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको नाममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने। बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने। आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने।
- प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने।
- पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने। पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।