नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

इन्भेष्टोपेपर । जेष्ठ ३, २०७

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजना पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको हो ।

१८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले विज्ञप्तीमा जनाएको छ ।

यस बीमा योजना अन्तर्गगत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । त्यसैगरी, बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनश रकम’ एकमुष्ट भुक्तानी पाइनेछ । त्यसैगरी दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा लिएको छ भने बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा ‘बाँकी बीमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता’ मा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस नौलो सुरक्षित जीवन बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा कम्पनीले १% सम्म छुट प्रदान गर्नेछ । बीमितको आवश्यकता तथा सुविधालाई मध्यनजर गर्दै यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गरी ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण सुविधा लिन सकिनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *