पूँजीगत लाभकरकाे विबाद समाधानः अब बजारले गति लिने संकेत
Investopaper, श्रावण १५, २०७६
अर्थमन्त्रालयकाे संयाेजकत्वमा आज भएकाे छलफलमा लगानीकर्ताहरु समेतको सहमतिमा शेयर बजारको पूँजीगत लाभरको विवाद टुङ्ग्याएको छ। मन्त्रालयलकाे राेहवरमा २०५८ सालदेखि २०७६ साल असार महिनाभित्र भएका कारोबारको औषत मूल्य निकालेर लागत मूल्य तय गर्न सहमति भएको हो।
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार २०५८ सालदेखि २०७६ असारभित्र सबैभन्दा अधिकतम र सबैभन्दा न्युनतम मूल्यको आधारमा औषत मूल्य निर्धाण गरिने छ। याे मूल्य निर्धारणकाे जिम्मा सिडसएससीले लिएकाे छ ।
अर्थमन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा प्रमुख तोयम रायको नेत्रृत्वमा वार्ता भएको थियाे । उक्त वार्तामा आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र लगानीकर्ता संघका पांचै जना प्रतिनिधीहरूले भाग लिएका थिए ।
अर्थ मन्त्रालयमा भएकाे वार्ता सहमतिमा टुंगिएकाे खबर आएपछि याे समाचार तयार पार्दासम्म शेयर बजारमा हरीयाली छाएकाे छ । दुइ विन्दुले घटेकाे बजार आठ विन्दुले उकालाे लाेगेकाे छ । आगामी दिनहरूमा कस्ताे काराेबार हुन्छ भविष्यले नै बताउने छ ।