बाली तथा पशुपन्छीं बीमा शुल्कमा ७५ प्रतिशत छूट, जिल्लागत रूपमा कम्पनी तोकियो

नेपाल सरकारकाे घाेषित नीति अनुसार वीमाकाे दायरा बढाउने, सबै वीमा कम्पनीहरूलाइ जिम्मेवार/जवाफदेही बनाउने तथा दूरदराजमा सेवा पुर्याउने लक्षकासाथ वीमा शुल्कमा भारी छुट दिने घाेषणा गरेकाे छ ।

नेपाल सरकारले कृषकहरुको जोखिम हस्तान्तरणका लागि कृषि तथा पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । सरकारको उक्त नीतिअनुरुप बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निश्चित जिल्ला तोकेर निश्चित बिमा कम्पनीहरुलाई क्षेत्राधिकार दिएको छ ।

कृषकहरुकाे जीवनस्तर उठाउने उद्देश्यले यस कार्यक्रममा कृषि तथा पशुपंन्छीकाे बीमा शुल्कको ७५ प्रतिशत रकम छूटको व्यवस्था मिलाईको छ । सबै जिल्लामा सबै बीमा कम्पनीहरुलाई जान छूट नदिई निश्चित बीमा कम्पनीलाई तोकिँदा बिकम (बीमा कम्पनी) तथा बिमित (कृषक)लाई सहज हुने बीमा समितिले जनाएको छ ।

यसरी बाली तथा पशुपन्छी व्यबसायमा हुने जाेखिम बहन तथा व्यबसाय प्रवर्द्धनकाे लागि ताेकिएका २० वटा वीमा कम्पनीहरू तथा ती कम्पनीले सेवादिने जिल्लाहरू छुट्याइएकाले अबका दिनमा वीमाकाे पहुँच र दायरा बढने अपेक्षा गरिएकाे छ ।


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *