भ्रमण वर्षकाे पूर्वसन्ध्यामा, हिमालय एयरलाइन्सले चीनकाे गुइयाङमा उडान शुरू गर्याे
Investopaper, मंसिर ०४, २०७६
काठमाडौं। हिमालय एयरलाइन्सले चीनको गुइयाङ (गुईझाउ प्रान्तको राजधानी शहर)मा उडान सुरु गरेको छ। नेपाल भ्रमण बर्ष २०२० को पूर्व सन्ध्यामा कम्पनीले नयाँ बजार पहिचान गरेर उडान थालेको बताएको छ।
कम्पनीले आइतबार स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको जनाएको छ।
‘चीन हाम्रो प्रमुख लक्षित बजार मध्ये एक हो । गुइयाङसम्म हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी प्रशन्न छौं । यो नयाँ रुटले धेरै चिनियाँ पर्यटकलाई आकर्षित गर्नेछ,’ कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयाे, ’काठमाडौंबाट गुइयाङ उडान भर्ने यात्रुहरुको लागि यो उत्कृष्ट रोजाईको गन्तव्य स्थल हुनेछ।’
चिनियाँ बजारमा राम्रो पहुँच बनाउन चाङ्सा र नान्चाङ्मा पनि उडान गर्ने योजना बनाएको श्रेष्ठले बताउनु भयाे।