मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि बैंकिङ कसुरमा पक्राउ
माघ १०, २०७६ | Investopaper
काठमाण्डौ – जिल्ला प्रहरी कार्यलय कास्कीले गण्डकी प्रदेश सभाका सांसद ‘दीपक मनाङे’ भनिने राजीव गुरुङविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङलाई पक्राउ गरेको छ । उहाँलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरिएकाे हाे ।
कास्कीका डीएसपी राजकुमार केसीले बैंकिङ कसुर गरेको अभियोगमा अनुसन्धानका लागि गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । सांसद दीपक मनाङेलाइ भने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियाेगमा बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।
हाल प्रहरीले म्याद थपेर दीपक मनाङ्गेमाथि अनुसन्धान गरिरहेको छ ।
