राष्ट्र वैंकबाट पाँच संस्थालाई मर्जरमा जान स्वीकृति प्रदान

Investopaper,   जेष्ठ ३२, २०७६ 

नेपाल राष्ट्र बैंकले दुई विकास बैंक र तीन लघुवित्त कम्पनीलाई मर्जरमा जान स्वीकृति दिएको छ। केन्द्रीय बैंकले दुई विकास बैंकलाई अन्तिम तथा तीन वटा लघुवित्तलाई सैद्धान्तिक स्वीकृति दिएको हो।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। प्रादेशिक स्तरको बैंक बन्ने लक्ष्यसहित साउन १ गतेबाट संयुक्त कारोबार गर्ने दुवै वैंककाे उच्च श्राेतले जानकारी गराएकाे छ ।

सप्तकाेशी डेभलपमेन्ट वैंककाे चुक्तापूंजी ५२ कराेड ३७ लाख छ भने कावेली विकास वैंककाे चूक्तापूंजी २८ कराेड ४३ लाख छ । मर्जर पश्यात चुक्तापूंजी ८० कराेड ८० लाख पुग्नेछ । जगेडाकाेष तर्फ क्रमश ४ कराेड ६० लाख तथा ५ कराेड १९ लाख गरी जम्मा ९ कराेड ७९ लाख हुनेछ ।

यसैगरि तेश्राे त्रयमाससम्म सप्तकाेशीकाे निक्षेप १ अरव ६१ कराेड रहेकाे छ भने कावेलीकाे ८२ कराेड १५ लाख छ । कर्जा लगानी तर्फ क्रमश १ अरव ६५ कराेड तथा ८० कराेड ३० लाख रहेकाे छ ।

नेपाल राष्ट्र वैंकले तीनवटा लघुवित्त वित्तिय संस्था लिमिटेडलाइ पनि मर्जरमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेकाे छ । स्वीकृति पाउने सस्थाहरूमा रामाराेशन लघुवित्त , एनअारएन लघुवित्त तथा क्रियटिभ लघुवित्त रहेकाछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *