साल्ट ट्रेडिङ्गले घाेषणा गर्याे ३५ प्रतिशत लाभांशः वाेनस शेयर कति ?

Investopaper, Jan 15, 2019

काठमाडाैंः साल्ट्र ट्रेडिङ्ग कर्पोरेन्स (Salt Trading Corporation) ले ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस कम्पनीको ५२ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशको सूचना ढिलो गरि उपलब्ध गराएकाे कारण नेप्सेले हिजाे पुस ३० गते धितोपत्र सूचीकरण स्थगन गर्दै कम्पनीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।

 

साल्ट टेड्रिङ्ग कर्पाेरेशनमा सर्वसाधारणको २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ । यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार रहेको छ भने बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३४ लाख ९१ हजार पुग्नेछ ।

 

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *