साेमवार चार कम्पनीको शेयर मूल्य समायोजन
Investopaper, Dec 31, 2018
काठमाडौं । सोमवार नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मेगा बैंक, हिमालयन बैंक, , पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य समायोजन भएको हो ।
मेगा बैंकको १ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य १८० रुपैयाँ १९ पैसा तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य २१७ रुपैयाँ ६० पैसा लिएको हो ।
हिमालयन बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ४८९ रुपैयाँ ५२ पैसा तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य ६७४ रुपैयाँ २६ पैसा लिएको हो ।
त्यसैगरी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य १ हजार २८३ रुपैयाँ ३३ पैसा तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य १ हजार २१५ रुपैयाँ ४२ पैसा लिएको हो ।
पूर्णिमा विकास बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य १५९ रुपैयाँ ०५ पैसा ताेकेको छ । नेप्सेले बैंकको आधार मूल्य २२६ रुपैयाँ ५२ पैसा लिएको हो ।