सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो

इन्भेष्टोपेपर । असार ४, २०७

केहि दिनदेखि नेपाली बजारमा पहेलाे धातु सुनको मूल्य निरन्तर ओरालो लाग्नेक्रम जारी रहेकाे छ । विहिवार प्रति ताेला १ हजार १ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य आज शुक्रवार पनि प्रति ताेला १ हजार २ सयले घटेकाे हाे ।

विहिबार सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भएको थियाे भने आज तोलामा १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   
 
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रूपैयाँ रहेको छ । बिहीवार तेजाबी सुन प्रति तोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । 
 
त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार ३४० मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार ३०५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. ३५ ले घटेको हो ।

अन्तर्राष्टिय बजारमा भएको घटबढ अनुसार नेपालमा पनि सुनचाँदीको भाउमा घटबढ हुने गरेको छ । विश्व बजारमा सुनकाे मूल्य घटेकाे हुँदा यहाँ पनि मूल्य घटेकाे महासंघले जनाएकाे छ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *