सुनको मूल्यमा बृद्धी, कतिमा काराेबार हुँदैछ ?

इन्भेष्टाेपेपर । फागुन ०९, २०७७ 

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ८९ हजारमा कारोवार भएको छ । छापावाला सुन शुक्रबार प्रतितोला रु ८८ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ८०० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ८८ हजार ५५० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो पहेँलाे धातु शुक्रबार प्रतितोला रु ८७ हजार ७५० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा रु २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३३० मा कारोवार भएको छ । शुक्रबार सो धातु रु एक हजार ३०५ मा कारोवार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *