सुनचाँदीको मूल्य एैतिहासिक उचाइ तर्फ, आज ३ सय रूपैयाँ बढ्याे

न्भेष्टाेपेपर ।  माघ ९ २०७९

काठमाण्डाैँ । नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढनेक्रम साेमबार पनि जारी रह्याे, भाउ एैतिहासिक उचाइ तर्फ उन्मुख छ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार रूपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज ३ सय रूपैयाँले बढेको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ८ सय तोकिएको छ । तेजाबी सुनकाे मूल्य पनि प्रतितोला ३ सय रूपैयाँले बढेकाे हाे ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि बढाेत्तरी भएकाे छ । अघिल्लो दिनको कारोबारभन्दा चाँदी प्रतितोला ५ रूपैयाँ बढेर आज १ हजार ३ सय ८० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *