हेर्नुहोस् आज राती युरोपको च्याम्पियन्स लिगमा भिड्न लागेका युवेन्टस र एट्लेटिको म्याड्रिडको टिम

आज राती युरोपको च्याम्पियन्स लिगको दोस्रो चरणमा इटाली र स्पेनका दुई ठुला टिमहरु भिडदै छन। पहिलो लिगमा अप्रत्याशित २-० को हार बेहोरेको युवेन्टसले आज आफ्नो घरेलु मैदानमा ३ गोलको अन्तरले जितेमा मात्र अर्को चरणमा प्रबेश पाउने छ। एट्लेटिको म्याड्रिडको बलियो डीफेन्सलाई तोड्न आज युवेन्टसलाई पक्कै पनि हम्मे हम्मे पर्ने छ।

एट्लेटिको म्याड्रिडका दुई खेलाडि डिएगो कोस्टा र थोमस पार्टी आज प्रतिबन्धका कारण खेल मैदान्मा उत्रिने छैनन। यस कारण आलवारो मोराटा र थोमस लेमारले ऊनीहरुको ठाउँ लिने सम्भावना छ। यसै गरी घाइते खेलाडि डिएगो गोडिन यदी पुरै फिट नभएमा उन्को साटो इस्टिफन स्याविच सेन्ट्रल डेफेन्समा उत्रिने छन।

यसै गरी युवेन्टसका स्टार खेलाडी रोनाल्डो, मान्जुकिच, किलिएनि, बोनुसि,डिबाला सबैले पहिलो टिममा स्थान पाउने अनुमान गरिएको छ।  क्लबका अरु स्टार खेलाडी सामी खेडिरा, कुवाड्राडो र डोग्लस कोस्टा भने सर्जरी र घाइते भएका कारण मैडानमा उत्रिने छैनन।

५ पटक च्याम्पियन्स लिग जिती सकेका रोनाल्डोले आज टिमलाई जिताउन  ठुलो भूमिका निभाउनु पर्ने छ। च्याम्पियन्स लिग जित्नकै लागि यस बर्ष युवेन्टसले रोनाल्डोलाई १०० मिलियन डलर भन्दा बढी खर्चेर आफ्नो टिममा अनुबन्धन गरेको थियो।

यो म्याच आज राती नेपाली समय १:४५ बजे हुने छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *