आज शुक्रबार सुनचाँदीको भाउमा भारी बृद्धी

इन्भेष्टाेपेपर ।  असाैज ७, २०७९

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी बृद्धी भएकाे छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवारकाे भन्दा एक हजार रूपैयाँले सुनकाे भाउ बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो । शुक्रवार छापावाला सुन प्रतितोला रू. १ हजारले बढेर काराेवार भएकाे छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्यमा पनि बृद्धी भएकाे छ। बिहीवार प्रतितोला रू. १ हजार १८५ मा कारोबार भएको चाँदी शुक्रवार प्रतिताेला १५ रूपैँयाले बढेर रू. १ हजार २०० मा किनबेच भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ६ सय ७२ डलर आसपास कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *