उपत्यकाका बालबालिकालाई आजदेखि खोप

इन्भेष्टोपेपर । पुष २७, २०७८

काठमाण्डाै । उपत्यकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ । भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन सुरु भए पनि काठमाण्डौ र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो ।

आजदेखि विद्यालय बन्द गर्ने सरकारले निर्णय गरे पनि बालबालिकाका लागि विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको छ ।

पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका छन् । काठमाण्डौमा मात्रै करिब दुई लाख ७० हजार बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *