बुधवार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै बढ्याे, ताेलाकाे कति ?

इन्भेष्टोपेपर । फागुन १८, २०७८

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य ह्वात्तै बढेको छ, जुन यस वर्षकाे उच्च मूल्य हाे । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवारकाे तुलनामा पहेँलाे धातु सुनको भाउ बुधवार १ हजार ९०० रूपैयाँले बढेर एक लाखकाे नजिक पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९९ हजार ५०० रूपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९७ हजार ६०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला १ हजार ९०० रूपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९७ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. १ हजार २३५ मा कारोबार भएको चाँदी बुधवार रू. ४० ले बढेर रू. १ हजार २७५ मा किनबेच भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *