चिनियाँ राष्ट्रपतिको सम्मानमा आइतबार सार्वजनिक विदा
Investopaper, असाैज २४, २०७६
सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि भदौ २६ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा सरकारको मन्त्रीपरिषदको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । राष्ट्रपति सी आइतबार स्वदेश फर्किन कार्यक्रम रहेको छ । आइतबार कार्यालय, संघसंस्था खुलेर सुरक्षा तथा आवतजावतमा समस्या हुन सक्ने भन्दै आइतबार पनि बिदा दिन लागिएको हो।
सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गर्ने गरेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा पनि सरकारले बिदा दिएको थियो।