फ्रन्टलाइन हस्पिटलमा सानिमा बैंकको छुट

न्भेष्टाेपेपर । असाेज २, २०८०

काठमाडौं ।  सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सानिमा बैंकका ग्राहकहरुले ओपीडी/आईपिडी तथा बेडसम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *