चलचित्र कलाकार संघमा चुनावी रन्काेः अध्यक्ष पदमा सरिता लामिछानेद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ : आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि बर्तमान महासचिब अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन ।

सरिता लामिछाने विगत लामा समयसम्म संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी हुनाले नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन । बिगत २ दशक देखिकाे सक्रियता र अनुभवले चलचित्र क्षेत्र तथा कलाकारहरुको हितमा काम गर्न सक्ने उनकाे भनार्इ रहेकाे छ ।

अाफू विजयी भएमा आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै, कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोट गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन।

अध्यक्ष पदमा उम्मेद्वारी दिनको लागि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएको बताउंदै, आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन। 

नेपाल चलचित्र कलाकार संघको ३० बर्षे ईतिहासमा पहिलो महिला महासचिबमा छानिएर सफल कार्यकाल समेत व्यतित गरिसकेकीछन । उक्त अधिवेशनमा सरिता लामिछाने अत्याधिक बहुमतले बिजय भएकी थिर्इन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *