सुनचाँदीकाे मूल्य बृद्धी : उकालो लाग्ने क्रम जारी

इन्भेष्टोपेपर । जेष्ठ ४, २०७

नेपाली बजारमा आज मंगलवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. ३०० ले बढेको सुनको भाउ मंगलवार रू. ६०० उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ६०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । सोमवार प्रतितोला १ हजार ३५५ मा कारोबार भएको चाँदी मंगलवार रू. ३५ ले बढेर रू. १ हजार ३९० मा खरीदविक्री भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *