आज मंगलवार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बृद्धी

इन्भेष्टोपेपर । बैशाख १४, २०७

नेपाली बजारमा आज मंगलवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार रू. १०० ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै, मंगलवार चाँदीको मूल्य भने बढेको रहेको छ । सोमवार प्रतितोला १ हजार ३१० मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले वृद्धि भएर रू. १ हजार ३१५ मा खरीदविक्री भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *