आज शुक्रबार सुनचाँदीको भाउमा गिरावट

इन्भेष्टाेपेपर । फागुन १४, २०७७

केही दिनदेखि निरन्तर उकालो लागेको सुनचाँदीको भाउमा आज शुक्रबार पनि गिरावट आएकाे छ । लगातर बढेर प्रतिताेला १ लाखकाे हाराहारीमा पुगेकाे सुनको भाउ केही दिनदेखि घटने क्रममा छ । शुक्रबार सुनकाे भाउ तोलामा ५०० रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज स्थानिय बजारमा छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपियाँ तथा तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपियाँमा कारोबार भएको छ । हिजाे छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपियाँमा र तेजावी सुन ८८ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३३५ रुपियाँमा काराेवार भएकाे छ । हिजाे मंगलवार चाँदीकाे भाउ प्रतिताेला १ हजार ३५५ रूपैयाँमा कारोबार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *