स्थानीय बजारमा आज बुधबार सुनको मूल्य बढ्याे, चाँदीकाे यथावत !

इन्भेष्टोपेपर । भाद्र ३०, २०७

काठमाण्डाैँ । आज बुघबारकाे दिन नेपाली बजारमा सुनकाे मुल्य बढेकाे छ । पहेँलाे धातु सुनको मुल्य प्रति ताेला रु ४०० ले बृद्धी भएकाे छ भने चाँदी मूल्य भने यथावत रहेकाे छ ।

छापावाल सुन आज प्रति तोला रु. ९४ हजार ४०० मा काराेवार भएको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएकाे छ । हिजाे मंगलवार नेपाली बजारमा छापावाल सुन प्रतिताेला रु. ९४ हजारमा कारोबार भएको थियो।

यस्तै तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैँया रहेको छ। तेजावी सुनकाे मूल्य मंगलबार ९३ हजार ५०० रूपैयामा खरिदबिक्री भएकाे थियाे ।

चाँदीको मूल्य भने स्थिर रहेकाे छ । चाँदि आज प्रति तोला रु. १ हजार ३०० मा कारोबार भईरहेको नेपाल सुनचांदी व्यवशायी महासंघले जनाएकाे छ। हिजाे मंगलवार पनि चाँदीको मूल्य प्रतिताेला रू १ हजार ३०० मा खरिदबिक्री भएकाे थियाे ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *