अमेरिकासंग व्यापार युद्धः चीनपछि भारतले पनि लगाउने भाे २९ सामग्रीमा थप भन्सार शुल्क

Investopaper,   जेष्ठ ३२, २०७६ 

शक्तिराष्ट्रहरूकाे व्यापारयुद्धले एकपछि अर्काे नयां माेड लिइरहेकाे छ । अमेरिकी राष्ट्रपति ट्रम्पले जसरी कर र भन्सार शुल्कमा फेरबदल लिएकाछन, अन्य राष्ट्रले पनि विस्तारै इटकाे जवाफ पत्थरले दिदैछन ।

अमेरिकाबाट भारत आउने २९ वटा उत्पादनमा थप भन्सार शुल्क लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले थप शुल्क लगाएका वस्तुमध्ये कयौ खाद्य सामग्रीहरु रहेको जनाइएको छ ।

जसमा बदाम, ओखर, दालसमेत रहेका छन् । सबै उत्पादनमा यहि १६ जुनदेखि थप भन्सार शुल्क लाग्ने छ । यस विषयमा भारतको अर्थ मन्त्रालयले सूचना जारी गर्ने तयारी गरिरहेको बताइएको छ । अतिरिक्त भन्सार शुल्कबाट भारतलाई २१७ मिलियन अमेरिकी डलर थप राजस्व प्राप्त हुने लक्ष्य बनाएको छ ।  

गत वर्षको मार्चमा अमेरिकाले स्टिलमा २५ प्रतिशत र अलमुनियममा १० प्रतिशत आयात शुल्क लगाएको थियो । उक्त उत्पादन अमेरिकामा निर्यात गर्नेमध्ये भारत प्रमुख देश हो । अमेरिकाको उक्त निर्णयले भारतको राजस्वमा ठूलो असर परेको थियो । त्यसैको प्रतिक्रिया स्वरुप भारतले २९ उत्पादनमा भन्सार शुल्क बढाएको विष्लेषण गरिएको छ ।

अमेरिकी कृषि उद्योग धरासायी हुनसक्ने

चीनले पनि अमेरिकाले आफ्ना उत्पादनहरुमा लगाएको अतिरिक्त भन्सार करको प्रतिउत्तरमा अमेरिकी कृषिजन्य उत्पादनहरुलाई प्रयोग नगर्ने नीति अवलम्बन गरिसकेको छ । अमेरिकी निर्यात अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको कृषिजन्य उत्पादनलाई विश्वको सर्वाधिक ठूलो जनसंख्या बोकेका चीन र भारत मुलु्कहरुले प्रयोग नगर्ने हो भने अमेरिकी कृषि उद्योग धरासायी हुने निष्कर्षमा पुगेका छन् ।

-एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *