आज सप्तऋषिको पूजागरि ऋषिपञ्चमी मनाइदै

इन्भेष्टोपेपर । भाद्र ०७, २०७७ 

काठमाडौं । हिन्दु महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा चोखो माटो, तिल र गोबर लगाई स्नान गरि सप्तऋषिको पूजा गरेर आइतबार ऋषि पञ्चमी मनाएका छन् ।

हरेक वर्ष विभिन्न आजका दिन नदी किनारमा महिलाहरुको भीड लाग्ने गरेपनि यो वर्ष कोरानो सङक्रमणका जारी निषेधाज्ञाका कारण घरघरमानै ऋषि पञ्चमी मनाएका छन् भने कोही कोही स्थानियमात्र घर नजिकैको नदीमा पुगेको थिए ।

हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने कथन रहेको छ ।

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते चढाउँछन् उहाँले भन्नभयो, कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ ।

ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता रहेकाे प्रा डा रामचन्द्र गौतमले जानकारी दिदै यस पर्वमा ब्रतालु महिलाले नदी, ताल, पोखरीलगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुणधत्ती सहित सप्तऋषिको पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने चलन छ । उहाँले आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाने चलन रहेको बताउनुभयो ।

रजस्वला भएका बेलामा छोइछाइ गर्दा महिलाका शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउँछ । कीटाणुले महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धति सहित सप्तऋषिका पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वासले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने गौतमको धारणा छ ।

भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका द्रष्टा ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीज समाप्त हुन्छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *