कमल खत्रीको ‘पानी पिउने बाहाना’ बाेलकाे गीत सार्वजनिक (भिडियोसहित)
इन्भेष्टोपेपर । भाद्र ३०, २०७७
लोकप्रिय गायक कमल खत्रीले आफैंले संगीतबद्ध गरेको नयाँ गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । ‘पानी पिउने बाहाना’ शीर्षकको उक्त गीतका रचनाकार सुमन योञ्जन हुनुहुन्छ भने रिकेश गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गर्नु भएकाे छ ।
कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । यस भिडियाेमा मोडल तथा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय रहेको छ ।
निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य रहेको यस म्युजिक भिडियो निर्देशन नितिन चन्दले गर्नुभएको छ । यो भिडियो छायांकन तथा कलर करेक्सन रुपेश थापाले गर्नुभएको छ भने विशाल महरा कोरियोग्राफी रहनुभएको छ ।
