एकाविहानै भूकम्पकाे धक्का : ६ रेक्टर स्केल, सिन्धुपाल्चोककाे राम्चे केन्द्रविन्दु

इन्भेष्टोपेपर । भाद्र ३१, २०७७

एकाविहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार आज विहान ५ बजेर १९   मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर नेपालमा ६ रेक्टर स्केलको भुकम्प  गएको हो ।

लाेकविजय अधिकारीले यो पनि २०७२ सालकै भुकम्पको पराकम्प भएको बताउनु भयो ।

काठमाडौं, रसुवा, नुवाकाेट, सिन्धुली, चितवन, नवालपरासी, तनहूँ, धादिङ, गाेरखा लगाएत अन्य स्थानमा धक्का महसुस गरिएको छ । भुकम्पको धक्का १० सेकेन्ड सम्म महशुस गरीएको थियो । भुकम्प बाट के कति क्षति भयो यसको विवरण आउन बाकी छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *