अब सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै गर्न सकिने

इन्भेष्टाेपेपर । असाैज १६, २०७७

सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने व्यवस्था गरेको छ । कोषले सूचनामार्फत राष्ट्रिय वाणिज्य बैङ्कमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानी अनलाइनबाट सोझै लाभग्राहीको बैङ्क खातामा जम्मा गर्ने व्यवस्था गरेको जनाएको हो ।

कोषका अनुसार उपदानसम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत भुक्तानी अनलाइनबाट सुरु गरेको छ ।

लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैङ्क खाता विवरण अनुरूप अनलाइन भुक्तानी प्रदान गरिने कोषले जनाएको छ । कोषका अनुसार पहिले चेकमार्फत गर्ने गरिएका यी भुक्तानी अब पूर्ण स्वचालित रूपमा अनलाइनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाइन प्रणालीमा आफूलाई रजिस्टर गराई आफ्ना श्रमिकका हकमा गर्ने योगदानमा आधारित रकम सङ्कलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई–पेमेन्ट सदस्य बैङ्क, वित्तीय संस्थाका शाखामार्फत नेपाल बैङ्कमा रहेको खातामा गर्दै आएको छ । जसअन्तर्गत हालसम्म १० हजारभन्दा बढी कारोबारमार्फत एक अर्ब सात करोड बराबरको रकम सङ्कलन भइसकेको पनि कोषले जनाएको छ । गाेरखापत्रबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *