सिद्धार्थ बैंकद्वारा जारि ऋणपत्रकाे विक्री आजदेखि खुला
इन्भेष्टाेपेपर । असाैज १६, २०७७
सिद्धार्थ बैंक लिमिटेडले जारि गरेकाे ७ वर्षे अवधिको ऋणपत्रकाे विक्री आज असाैज १६ गतेदेखि खुला भएकाे छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिनेगरी रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गर्न लागेको हो ।
कुल कित्तामध्ये सर्वसाधारणका लागि १२ लाख कित्ता अर्थात रू. १ अर्ब २० करोड मध्ये ६० हजार कित्ता सामुहिक लगानी काेषकाे लागि छुट्याएर बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । बाँकी रहेकाे १८ लाख कित्ता अर्थात रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ ।
एनएमबि क्यापिटल विक्रि प्रवन्धक रहेकाे याे ऋणपत्र खरिदका लागि लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्र खरिद गर्नेले अर्धवार्षिक रुपमा व्याज प्राप्त गर्नेछन् । ऋणपत्र सूचीकृत भएपश्च्यात दाेश्राे बजारमा खरिद विक्री समेत गर्न सकिने छ ।
यो ऋणपत्र छिटोमा असोज २० र ढिलोमा असोज ३० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरिदका लागि विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
