ताताे पानीको बाफ लिनुका चमत्कारिक फाइदाहरु
इन्भेष्टाेपेपर । कार्तिक ०९, २०७७
चिसो मौसम सुरु हुनासाथ धेरैलाइै रुघा, खोकी, ज्वरो तथा फ्लुजस्ता रोगले सताउन थाल्छ । यस्ता बिमारीको उपचार गर्ने धेरै घरेलु विधि छन् । त्यसमध्ये परम्परागत रूपमा चलेको तातो पानीको बाफ लिनु पनि हो । तातोपानीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो । तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ ।
बाफ लिने सुरक्षित तरिका एउटा ठिक्कको भाँडामा भर्खर उम्लेको पानी र त्यसमा कुनै हर्बल या आवश्यकताअनुसार पुदिनाको पात पनि राख्न सकिन्छ । टाउकोलाई बाक्लो तौलियाले ढाक्ने र तातो पानी हालेको भाँडाभन्दा करिब ३० सेन्टिमिटरको दूरीमा बस्ने । तर ख्याल राख्नुपर्छ, पानी राखेको भाँडा र टाउको पूर्णतः तौलियाले छोपिएको हुनुपर्छ ।
यसपछि एक या दुई मिनेटसम्म नाकले मात्र श्वास लिनुपर्छ । त्यसपछि केही समय ब्रेक लिने र पुनः यही प्रक्रिया दोहोर्याउने गर्नुपर्छ। बाफले यसरी काम गर्छ बाफ लिँदा नाक तथा घाँटी हुँदै फोक्सोसम्म तातो हावा पुग्छ । जसले निकै राहत अनुभव गर्न सकिन्छ । तातो पानीको बाफ लिनु एउटा चिकित्सकीय उपचार विधि पनि हो ।
ताताे पानीकाे बाफ लिनाले हुने फाइदाहरूः
- तातो पानीको बाफले बन्द भएको नाक खुलाउन मद्दत गर्छ ।
- यसले श्वास फेर्न गाह्रो हुने समस्यालाई तत्काल समाधान गर्छ ।
- तातो बाफ लिनाले शरीरको तापक्रम वृद्धि हुन्छ र रक्तधमनीको पनि विस्तार हुन्छ ।
- ब्लड सर्कुलेसनमा सुधार हुनुका साथै अनुहारको छिद्रहरू खुल्न थाल्छन् ।
- सोही कारण बाफ लिएपछि मुहारको चमकमा धेरै परिवर्तन आउन थाल्छ ।
- यति मात्र होइन, शरीरको तापक्रम बढ्दा इम्युनिटी पनि बढ्न थाल्छ ।
- यसले ब्याक्टेरिया तथा किटाणुहरूसँग लड्ने क्षमता वृद्धि गर्ने डब्लुबिसीको उत्पादन पनि बढाउँछ ।
- अनुहारमा सुन्दरता प्राप्त गर्न चाहनेले पनि तातो पानीको बाफ लिन सकिन्छ ।
तातोपानीको बाफ लिँदा ध्यान दिनुपर्ने कुराहरूः
- तातोपानीको बाफ लिँदै गर्दा केही असुविधा या जलनको अनुभव भएमा तुरुन्तै तौलिया हटाउनुपर्छ ।
- बच्चा, गर्भवती महिला या अस्वस्थ रोगीहरूले तातो पानीको बाफ लिने समयमा निकै नै सावधानी अपनाउनुपर्छ ।
— एजेन्सीकाे सहयाेगमा
