वागेश्वरी प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमितलाई टिका
इन्भेष्टाेपेपर । कार्तिक ११, २०७७
भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर एकमा रहेको वागेश्वरी प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमितलाई टिका लगाईएको छ ।
आइसोलेसनमा उपचारत उनीहरुलाई पिपिई लगाएर टिका लगाइएको चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाले जानकारी दिनुभयो ।दशैंको समयमा घरपरिवारबाट टाढा भएको महशुस नहोस भन्ने उदेश्यले टिका लगाइएको डा कोइरालाले जानकारी दिनुभयो ।
भदौ १४ देखि सुरु भएको प्राकृतिक चिकित्सालयको आइसोलेसनबाट २ सय २० जना निको भएर घर गैसकेका छन् । बाँकी रहेका ५९ जनालाई टिका लगाइएको हो । कोरोनाको कुनै प्रभाह नगरी टिका लगाएर अभिभावकत्व प्रदान गरेकोमा चिकित्सालयलाई संक्रमितले धन्यवाद दिएका छन् ।
