चन्द्रप्रसाद ढकाल समूहको उम्मेदवारी दर्ता

इन्भेष्टाेपेपर । कार्तिक १९, २०७७

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वको समूहको जीत आवश्यक रहेको बताउनुभएको छ । आफ्नो समूहका सदस्यको हिजो उम्मेदवारी दर्ता कार्यक्रममा उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको समूहले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघका तर्फबाट नीतिगत रुपमा व्यवसायमैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा महासंघका पूर्वाध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जीत सुनिश्चित रहेको जिकिर गर्नुभयो ।

ढकाल समूहबाट हिजो नै विभिन्न व्यक्तिले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सोअनुसार वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रवीनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल समूहबाट आजै अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सो समूहबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतको उम्मेदवारी दर्ता भइसकेको छ । यसैगरी एशोसिएट्सतर्फ अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट् थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाँकी सदस्यका अन्य उम्मेदवारले पनि केही दिनभित्रै सदस्यमा उम्मेदवारी गर्दा गराउने सोही समूहका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *