वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित

इन्भेष्टाेपेपर । कार्तिक २३, २०७७

वोस्टन, अमेरिका । जोसेफ रोविनेट वाइडेन अमेरिककाे ४६ औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ भने कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ ।

आगामीज नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुनेछ । वाराक ओबामाको कार्यकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो ।

भर्खरै प्राप्त मतगणनाको परिणाम अनुसार, ७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी हुनुभएको हो । चुनाबी परिणामलाई निकै ठूलो प्रभाव पार्नसक्ने राज्यका रुपमा बाँकी रहेका चारवटा राज्यमध्ये पेन्सिलभेनिया राज्यको मतगणनाको परिणाम आएपछि उहाँ राष्ट्रपति मा निर्वाचित हुनुभएको हो ।

मतगणनाको परिणामको प्रतीक्षामा तीन दिनदेखि बेचैन रहेका विशेषतःअमेरिकी र विश्वभरका जनता तथा राजनीतिज्ञलाई यो परिणमले शान्त बनाएको छ ।

विश्व भूराजनीतिमा अग्रिम भूमिका खेल्दै आएको अमेरिकी राष्ट्रपतिय निर्वाचनको परिणाम अनुसार, उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २७३ मत पाएर विजयी हुनुभएको हो ।

राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । पेन्सिलभेनियाको परिणाम आएपछि अब बाँकी रहेका एरिजोना, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र हवाइको परिणाम वाइडेनको पक्षमा नआएपनि कुनै फरक पर्दैन । यी बाँकी पाँच राज्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । (गाेप / कृष्णराज खनाल, अमेरिका)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *