प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण
इन्भेष्टाेपेपर । कार्तिक २७, २०७७
काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा अाेली नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको र साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।
यसबाट बालुवाटारबाट एयरपोर्ट जानआउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि नहुने बताइएकाे छ ।
