मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक

इन्भेष्टाेपेपर । कार्तिक २७, २०७७ 

काठमाडौँ — नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्ब बिक्रीमा रोक लगाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औँ बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो बिक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो ।

विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलइडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिनुभयो । “६ महिनाभित्र मापदण्ड पुरा नगर्ने बल्ब बिक्रीमा रोक लगाउँछौँ,” उहाँले भन्नुभयो । विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ ।

एलइडी बल्बमा आँखाकलाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ । विश्वव्यापीरुपमै आँखाको ज्योतिलाई कुनैै असर नगर्ने बल्ब उत्पादन भइरहेको विभागले जनाएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *