सेञ्चुरी बैंकको स्मार्ट टेलर संचालनमा
इन्भेष्टाेपेपर । मङ्सिर २५, २०७७
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट Century pay Mobile apps बाट QR Scan गरी नगद झिक्न/निकाल्न सकिने छ ।
ग्राहकवर्गहरुको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको हो । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु हुनेछ । निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागु गरिने छ ।
यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म नगद झिक्न पाउनेछन । याे सीमासम्मकाे नगद झिक्नका लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने व्यहोरा बैंकले एक विज्ञप्ती जारी गरि जानकारी गराएकाे छ ।
