विश्वमा हिन्दूहरुकाे संख्या कति ? नेपाल र भारतपछि हिन्दू बाहुल्यता कुन देशमा ?
इन्भेष्टोपेपर । जेष्ठ १७, २०७८
नेपाल र भारतमा हिन्दू धर्मका लाखौं अनुयायी छन् । विश्वभरमा हिन्दू धर्मका एक अरब भन्दा धेरै अनुयायीहरू छन् । यो भनेको विश्व जनसङ्ख्याको करीब १५ प्रतिशत हो । हिन्दू धर्म मान्नेमध्ये अधिकांश दक्षिण एसियामा (करीब ९८%) रहेका छन् ।
विश्वकाे जनसंख्या हेर्ने हो भने इसाई धर्म ३२ प्रतिशत र इस्लाम धर्म २३ प्रतिशत मानिसहरूले मान्दछन । यसैगरि १५ प्रतिशत मानिसहरूले हिन्दू धर्म तथा ७ प्रतिशतले बुद्ध धर्म मान्दछन । यसरी हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो ।
कैयन् देशमा हिन्दूको संख्या निकै न्यून रुपमा छ । तर, विश्वमा हिन्दू बाहुल्य जनसङ्ख्या हुने देश नेपाल, भारत र मौरिसस हुन् ।
नेपालमा राष्ट्रिय जनसंख्याको ८२ प्रतिशत अथवा २ करोड ३० लाख हिन्दू जनसंख्या छ भने भारतमा राष्ट्रिय जनसंख्याको ८० प्रतिशत अथवा १ अर्ब ३ करोड जति हिन्दू धर्मावलम्बी छन् । पूर्वी अफ्रिकामा पर्ने मौरिसस क्षेत्रफलका हिसाबले सानो देश हो । मौरिससमा राष्ट्रिय जनसंख्याको ४९ प्रतिशत अथवा करीब ६ लाख हिन्दू धर्मावलम्बीहरू छन् ।
अर्को छिमेकी देश बंगलादेशमा करीब १ करोड ४५ लाख जति हिन्दू छन् भने इन्डोनेसियामा करीब ४२ लाख हिन्दूहरू रहेका छन् ।
पाकिस्तानमा ३६ लाख, श्रीलंकामा २५ लाख, अमेरिकामा २२ लाख, अलेसियामा १९ लाख, म्यान्मारमा ९ लाख, बेलायतमा ८ लाख हिन्दूहरू छन् ।
— एजेन्सीकाे सहयाेगमा
