नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दुइ कम्पनीकाे शेयरमूल्य समायोजन
इन्भेष्टाेपेपर । पुष १२, २०७७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुइ कम्पनीहरूकाे शेयरमूल्य समायोजन भएको छ। संस्थाको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात आशा लघुवित्तको शेयरमूल्य ८७० रुपैयाँ कायम भएको छ। गत बिहीबार दोस्रो बजारमा आशा लघुवित्तको शेयर प्रतिकित्ता १००० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यसैगरि सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ४.७५ प्रतिशत बाेनस शेयरकाे समेत समायाेजना गरि २०७ रूपैयाँ कायम भएकाेछ । यस कम्पनीकाे पछिल्लाे दिन दाेश्राे बजारमा प्रतिकित्ता २१७ रूपैयाँमा अन्तिम काराेवार भएकाे थियाे ।
