आइपिएलमा दिल्लीले सन्दीपकाे अनुबन्ध फुकुवा गर्याे

इन्भेष्टाेपेपर । माघ ०८, २०७७

काठमाडौँ — आगामी संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलका लागि नेपाली क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । 

आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन ९अक्सन० आगामी फेबु्रअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ । 

दिल्लीले लामिछानेलाई सन् २०१८ को आइपिएलका लागि रु ३२ लाखमा पहिलोपटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उहाँले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिनुभएको थियो । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिनुभएको थियो । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनैपनि खेलमा खेल्ने मौका दिइएको थिएन ।

दिल्लीले लामिछानेसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फकुवा गर्ने निर्णय गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *