मुक्तिनाथ विकास बैंक र दृष्टि आइ केयर सिस्टमबीच सम्झाैता

इन्भेष्टोपेपर । चैत्र ०४, २०७७

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टि आइ केयर सिस्टम ( Dristhi Eye Care System) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले दृष्टि आइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० % सम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा रहेका छन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *